काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य आजपनि घटेको छ । बिहिबारको कारोबारमा सुनको मूल्य ९ हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन पनि सुनको मूल्य १ हजार रुपैयाँले घटेको थियो । उक्त दिन सुनको कारोबार प्रतितोला २ लाख १६ हजार १ सय रुपैयाँमा भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज ३० रुपैयाँले घट्दै प्रतितोला २ हजार ५२० रुपैयाँमा कारोबार भईरहेको छ ।