काठमाण्डौ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४०० रुपैयाँ थियो।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५९ हजार २६० रुपैयाँ कायम भएको छ। हिजो १० ग्राम सुन २ लाख ६१ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला ४ हजार ७९० रुपैयाँ थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।