मंगलवार, आश्विन १३,२०८३ 08:10:30
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:10:30
Bizshala
Global IME Bank Limited

ऐतिहासिक उचाईमा सुनको मूल्य, पहिलोपटक प्रतिऔंस ५ हजार डलर नाघ्यो

Bizshala
ऐतिहासिक उचाईमा सुनको मूल्य, पहिलोपटक प्रतिऔंस ५ हजार डलर नाघ्यो
New Office

काठमाण्डौ । सुनको मूल्य इतिहासमै पहिलोपटक प्रतिऔंस ५ हजार अमेरिकी डलर नाघेको छ। सन् २०२५ मा ६० प्रतिशतभन्दा बढीले बढेको सुनको भाउले अभूतपूर्व उचाइ हासिल गरेको हो।

यो समाचार तयार पार्दासम्म सुनको भाउ २.०६ प्रतिशत अर्थात १०१ डलरले बढ्दै प्रतिऔंस ५ हजार ८० डलरमा कारोबार भईरहेको छ ।

अमेरिका र नेटोबीच ग्रिनल्यान्डलाई लिएर बढ्दो तनाव, विश्वव्यापी वित्तीय तथा भूराजनीतिक अनिश्चितताले सुनप्रतिको लगानी आकर्षण थप बढाएको विश्लेषकहरू बताउँछन्।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिले पनि बजारमा चिन्ता थपेको छ। शनिबार उनले क्यानडाले चीनसँग व्यापार सम्झौता गरेमा १०० प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी दिएका थिए।

सुन तथा अन्य बहुमूल्य धातुहरूलाई अनिश्चितताका बेला सुरक्षित लगानी ‘सेफ हेभन’ का रूपमा हेरिन्छ। यही कारण शुक्रबार चाँदीको मूल्य पनि पहिलो पटक प्रतिऔंस १०० डलर नाघेको थियो। चाँदीको मूल्य गत वर्ष मात्र करिब १५० प्रतिशतले बढेको थियो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आजको कारोबारमा भने चाँदीको मूल्य ७.९८ डलरको वृद्धिका साथ प्रतिऔंस १०८ डलरमा कारोबार भईरहेको छ ।

विश्लेषकहरूका अनुसार उच्च मुद्रास्फीति, कमजोर अमेरिकी डलर, विश्वका केन्द्रीय बैंकहरूको ठूलो मात्रामा सुन खरिद, तथा अमेरिकी फेडरल रिजर्भले यस वर्ष पुनः ब्याजदर घटाउने अपेक्षाले पनि सुनको माग बढाएको छ।

युक्रेन र गाजामा जारी युद्ध, साथै भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई वाशिङ्टनले नियन्त्रणमा लिएको घटनाले पनि सुनको मूल्यमा थप दबाब सिर्जना गरेको छ।

विश्व सुन परिषद्का अनुसार अहिलेसम्म विश्वभर करिब २ लाख १६ हजार २६५ टन सुन मात्र खनन गरिएको छ, जुन तीनदेखि चारवटा ओलम्पिक आकारका स्विमिङ पुल भरिने मात्रामा बराबर हुन्छ। तीमध्ये अधिकांश सुन सन् १९५० पछि मात्रै उत्खनन गरिएको हो।

अमेरिकी भू–वैज्ञानिक सर्वेक्षणका अनुसार अझै करिब ६४ हजार टन सुन भूमिगत रूपमा उपलब्ध भए पनि आगामी वर्षहरूमा आपूर्ति स्थिर हुने अनुमान गरिएको छ।

सन् २०२५ सुनका लागि ऐतिहासिक वर्ष सावित भएको छ। सन् १९७९ पछि सबैभन्दा ठूलो वार्षिक वृद्धिसँगै लगानीकर्ताहरू ठूलो मात्रामा सुनतर्फ आकर्षित भएका छन्।

अमेरिकी व्यापार नीतिको अनिश्चितता र एआई सम्बन्धित सेयरहरू बढी मूल्याङ्कन गरिएको भन्ने चिन्ताका कारण पनि सुनले लगातार नयाँ कीर्तिमान बनाउँदै आएको छ। विशेषज्ञहरूका अनुसार ब्याजदर घट्ने अपेक्षाले पनि सुनको मूल्य बढ्ने गर्छ। कम ब्याजदर हुँदा सरकारी बन्ड जस्ता लगानीबाट कम प्रतिफल प्राप्त हुने भएकाले लगानीकर्ताहरू सुन र चाँदीतर्फ आकर्षित हुन्छन्।

अमेरिकी फेडरल रिजर्भले यस वर्ष दुई पटक ब्याजदर कटौती गर्ने व्यापक अपेक्षा गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.