काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । आजको कारोबारमा सुनको मूल्य ३.३७ प्रतिशत अर्थात १४६ डलरले बढेको छ ।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस ४ हजार ४८७ डलरमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अमेरिकी केन्द्रीय बैंकको ब्याजदर कटौंतीको निर्णय, आर्थिक अनिश्चितता र विश्व भू–राजनीतिक तनावका कारण सुनको मूल्य बढ्न पुगेको हो ।
यस्तै चाँदीको भाउमा समेत उच्च वृद्धि भएको छ । आज चाँदीको मूल्य ३.७३ प्रतिशत अर्थात २.४७ डलरले बढ्ेर प्रतिऔंस ६९.६१ डलरमा कारोबार भईरहेको छ ।

