मंगलवार, कार्तिक ३,२०८३ 05:02:33
  • मंगलवार, कार्तिक ३,२०८३ 05:02:33
Global IME Bank Limited

सुनको मूल्य ११ साताकै न्यून स्तरमा झर्यो, अमेरिका–इरान तनावबीच डलर र तेलको भाउ पनि वृद्धि

Bizshala
सुनको मूल्य ११ साताकै न्यून स्तरमा झर्यो, अमेरिका–इरान तनावबीच डलर र तेलको भाउ पनि वृद्धि
New Office

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको मूल्य करिब २ प्रतिशतले घट्दै ११ हप्ताकै न्यूनतम स्तरमा पुगेको छ। अमेरिकी–इरानबीच पुनः बढेको सैन्य तनावका कारण डलर र कच्चा तेलको मूल्य बढेपछि सुनमा दबाब परेको हो।

यो समाचार तयार पार्दासम्म सुनको मूल्य १.७९ प्रतिशत अर्थात ७६.७४ डलरले घट्दै प्रतिऔंस ४ हजार १८५ डलरमा सीमित बनेको छ । जुन मार्च २३ यताकै सबैभन्दा कमजोर स्तर हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

डलरको मजबुतीका कारण अन्य मुद्रामा कारोबार गर्ने लगानीकर्ताका लागि सुन महँगो बनेको छ । जसले माग घटाएको विश्लेषकहरूले बताएका छन्।

साथै, तेलको मूल्य करिब १ प्रतिशतले बढेपछि मुद्रास्फीति बढ्ने चिन्ता थपिएको छ, जसले अमेरिकी फेडरल रिजर्भले ब्याजदर लामो समय उच्च राख्ने अपेक्षा बलियो बनाएको छ।

बजार विश्लेषकहरुका अनुसार हालको गिरावटको मुख्य कारण फेडको मौद्रिक नीतिसम्बन्धी अपेक्षा, अमेरिकी बन्ड यिल्ड वृद्धि र डलरको मजबुती नै हो, जसले सुनलाई दबाबमा पारेको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

अमेरिकाले इरानमा गरेको सैन्य कारबाहीपछि मध्यपूर्वमा तनाव पुनः बढेको छ। इरानले अमेरिकी हेलिकप्टर खसालेको दाबीपछि अमेरिका प्रतिकारमा उत्रिएको बताइएपछि हर्मुज जलमार्ग क्षेत्रमा तनाव थपिएको छ, जसले बजारमा अस्थिरता बढाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.