मंगलवार, आश्विन १३,२०८३ 08:04:36
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:04:37
Bizshala
Global IME Bank Limited

एकैदिन ५८ डलरले बढेर दुई महिनायताकै उच्च विन्दुमा पुग्यो सुनको भाउ

Bizshala
एकैदिन ५८ डलरले बढेर दुई महिनायताकै उच्च विन्दुमा पुग्यो सुनको भाउ
New Office

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार तेस्रो कारोबार दिन बढ्दै दुई महिनायताकै उच्च विन्दुमा पुगेको छ। अमेरिकी मुद्रास्फीतिसम्बन्धी तथ्यांक सार्वजनिक हुनुअघि लगानीकर्ताले अमेरिकी ब्याजदरको आगामी दिशाबारे संकेत खोजिरहेका बेला सुनको मूल्यमा वृद्धि भएको हो।

मंगलबारको कारोबारमा सुनको मूल्य १.३१ प्रतिशत अर्थात ५८ डलरले बढेर प्रतिऔंस ४ हजार ४१९ डलर पुगेको छ । यो मूल्य गत जुन ५ यताकै उच्च मूल्य हो।

अमेरिकामा बुधबार सार्वजनिक हुने उपभोक्ता मूल्यसम्बन्धी तथ्यांक तथा बिहीबार सार्वजनिक हुने उत्पादक मूल्यसम्बन्धी तथ्यांकले आगामी मौद्रिक नीतिबारे बजारको अपेक्षालाई प्रभावित गर्ने अनुमान गरिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

गत साता सार्वजनिक कमजोर अमेरिकी रोजगारी तथ्यांकपछि अमेरिकी फेडरल रिजर्भले आगामी महिना ब्याजदर बढाउने सम्भावनाबारे बजारको अनुमान केही कमजोर भएको थियो।

फेडरल रिजर्भले गत जुलाईको बैठकमा ब्याजदर यथावत् राखेको थियो। उक्त निर्णयमा तीन जना अधिकारीले ब्याजदर वृद्धि गर्नुपर्ने पक्षमा असहमति जनाएका थिए।

सामान्यतया ब्याजदर घट्दा ब्याज नदिने सम्पत्ति सुनप्रति लगानीकर्ताको आकर्षण बढ्ने गर्छ। अर्थतन्त्र सुस्त हुँदै गएको तर मुद्रास्फीतिमा उल्लेखनीय वृद्धि नदेखिएको अवस्थामा मौद्रिक नीति थप कडा बनाउने अपेक्षा कमजोर हुन सक्ने र त्यसले अमेरिकी डलरलाई दबाबमा पार्दै सुनको मूल्यलाई थप समर्थन गर्ने गर्छ ।

अमेरिका र इरानबीचको तनाव तथा स्ट्रेट अफ हर्मुजमा उत्पन्न परिस्थितिले पनि सुरक्षित लगानीका रूपमा सुनको माग बढाउन सक्ने देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले शान्ति सम्झौताका लागि राखेका सर्तको जवाफमा युद्ध, आक्रमण तथा प्रदर्शनमा मारिएका व्यक्तिका लागि क्षतिपूर्ति दिनुपर्ने लगायतका आफ्ना माग अघि सारेका छन्। यसले दुई देशबीचको कूटनीतिक प्रयास थप जटिल बन्न सक्ने देखिएको छ।

यसैबीच चाँदीको भाउपनि १.१६ प्रतिशतले बढेर प्रतिऔंस ६५ डलर कायम भएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.