काठमाण्डौ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । आघिल्लो कारोबारमा बढेको सुनको मूल्य आज ७.३५ डलरले घटेको छ ।
यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार प्रतिऔंस ३ हजार ३६६ डलरमा भईरहेको छ ।
सुनसँगै चाँदीको भाउमा पनि गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा यतिबेला चाँदीको मूल्य ०.१९ डलरले घटेर प्रतिऔंस ३८.८३ डलर कायम भएको छ ।