आईतवार, मंसिर ९,२०८१ 09:25:27
IME remit
  • आईतवार, मंसिर ९,२०८१ 09:25:27
IME remit
Global IME Bank Limited

सरकारले घटायो सुनको भन्सार दर, तस्करी रोकिएला ?

Hyundai Nepal
सरकारले घटायो सुनको भन्सार दर, तस्करी रोकिएला ?
Nabil Bank Limited

काठमाण्डौ । सरकारले लिएको नीतिका कारण भारतबाट सुन तस्करी मौलाएपछि त्यसलाई रोक्ने उद्देश्यले भन्सार दर घटाइएको छ ।  

सरकारले सुनको साबिकको भन्सारदर २० प्रतिशतलाई घटाएर १० प्रतिशतमा झारेको हो । 

Bizshala
Shivam Cement
CG Motors

केही दिनअघि नै मन्त्रिपरिषदले अर्थमन्त्रालयको प्रस्तावमा भन्सारदर महङ्गो हुँदा भारतमा भन्दा नेपालमा सुनको मूल्य प्रतितोलामै २० हजार रुपैयाँ हाराहारीमा सस्तो परेपछि तस्करीले प्रश्रय पाएको थियो । यहीकारण पछिल्लो समय औपचारिक बाटोबाट नेपाल भित्रिने सुनको आँकडामा पहिरो गएको देखिएको थियो । अनौपचारिक च्यानलबाट सुन तस्करी हुँदा करोडौंको भन्सार गुम्न थालेको थियो । 

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala

यहीकारण तस्करी बढाउने नीतिलाई संसोधन गरी सुनमा लाग्दै आएको भन्सारदर २० प्रतिशतबाट १० प्रतिशतमा झारिएको र चाँदीको भन्सार दर पनि साबिकको १५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारिएको छ ।  

भन्सार विभागका महानिर्देशक हरिशरण पूडासैनीले बिजशालासँग कुरा गर्दै मन्त्रिपरिषदको निर्णय आइतबार मात्र आफूहरुलाई प्राप्त भएका कारण सोही दिनदेखि भन्सार दर कार्यान्वयनमा ल्याउने गरी मातहतका सबै निकायलाई पत्राचार गरिसकिएको जानकारी दिए ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.