सोमबार, बैशाख ७,२०८३ 12:09:20
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 12:09:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्यमा उछाल, प्रतिऔंस ३१ सय डलरतर्फ लम्कदै

Bizshala
सुनको मूल्यमा उछाल, प्रतिऔंस ३१ सय डलरतर्फ लम्कदै
Shivam Cement

काठमाण्डौ । पहेँलो धातु सुनको मूल्यमा शुक्रबार उछाल आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १.८७ प्रतिशत अर्थात ५६.४६ डलरले बढेको छ ।  

यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस ३ हजार ७४.१३ डलरमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यससँगै यो वर्ष सुनको मूल्यले १७ पटकसम्म अल हाइम हाईको उचाई चुमेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

बढ्दो मूल्यवृद्धिलाई मध्यनजर गर्दै विश्लेषकहरुले छिट्टै नै सुनको मूल्य प्रतिऔंस ३१ सय डलर पुग्ने आँकलन गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापारका विभिन्न क्षेत्रमा ट्यारिफको घोषणा गरेसँगै बढेको अनिश्चितताका कारण सुनमा लगानी गर्नेको संख्या बढेको छ ।  

ट्रम्पले हालैमात्रै अप्रिल २ देखि अमेरिका आयात हुने सवारी साधन तथा पाट्सहरुमा २५ प्रतिशत ट्यारिफको घोषणा गरेका छन् । यसअघि उनले क्यानडा,मेक्सिको र चीन जस्ता देशहरुमाथि पनि करको घोषणा गरेका थिए । यी देशहरुले समेत अमेरिकामाथि ट्यारिफ लगाउने बताएका छन् । जसका कारण विश्व व्यापारको कालो बादल मडारिएको छ ।  

CG Motors
Garima Development Bank
IME remit

यस्तै विश्वका केन्द्रीय बैंकहरुले समेत सुनको भण्डारण बढाएका छन् । जसका कारण माग बढ्दा मूल्य उकालो लागेको विश्लेषकले बताएका छन् ।  

विश्वमा आर्थिक र राजनीतिक संकट बढ्दा सुनलाई सुरक्षित लगानीको रुपमा लिइन्छ र कम ब्याजयुक्त वातावरणमा यसको मूल्य फस्टाउने गर्छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.