काठमाण्डौ । आइतबार सुनको मूल्य बढेको छ। घरेलु बजारमा सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।
यससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसदिन सुनको मूल्य प्रतितोला १ हजारले घटेको थियो ।
आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९७० रुपैयाँ कायम भएको छ ।