बुधबार, चैत्र २०,२०८१ 12:55:39
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:55:39
IME remit
Global IME Bank Limited

सुनको मूल्यमा उछाल, हालसम्मकै उच्च नजिक

Hyundai Nepal
सुनको मूल्यमा उछाल, हालसम्मकै उच्च नजिक
Nabil Bank Limited

काठमाण्डौ । आज सुनको मूल्यमा उछाल आएको छ । सुनको मूल्य आज अन्तराष्ट्रिय बजारमा १.६० प्रतिशत अर्थात ४३.९५ डलरले बढेको छ ।  

यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७९७ डलर पुगेको छ । यो रकम हालसम्मकै उच्च भन्दा केही मात्रै कम हो । यसअघि गत अक्टोबरमा सुनको मूल्य प्रतिऔंस २ हजार ७८८ डलर पुगेको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको उच्च भन्सार शुल्कको धम्किका कारण मागमा बढोत्तरी आउदा सुनको मूल्यमा वृद्धि देखिएको हो ।  

यस्तै अमेरिकी मुद्रास्फितीको प्रतिवेदनका आधारमा फेडरल रिजर्भले तय गर्ने नीतिको प्रतिक्षामा लगानीकर्ता रहेका छन् । लगानीकर्ताहरु यतिबेला ट्रम्प प्रशासनले अपनाउने नयाँ नीति तथा विदेशी नीतिका विषयमा चिन्तित देखिन्छन् ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै डलरको मूल्यमा आएको ०.२ प्रतिशतको गिरावटका कारण अन्य मुद्रा भएका लगानीकर्तालाई सुनको खरिद सस्तो पर्न गएको छ । यस्ता लगानीकर्ताले खरिद बढाएसँगै सुनको माग बढेको छ ।  

यस्तै आज चाँदीको मूल्य समेत बढेको छ । चाँदीको मूल्य आज ०.८० डलरले बढ्दै प्रतिऔंस ३१.५१ डलरमा कारोबार भईरहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.