बिहीबार, चैत्र २१,२०८१ 04:02:15
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:02:15
IME remit
Global IME Bank Limited

सुन किन्न मानिसहरु किन गर्दैछन् मरिहत्ते ? केही महिनाभित्रै मूल्य २ लाख नजिक पुग्ने प्रक्षेपण

Hyundai Nepal
सुन किन्न मानिसहरु किन गर्दैछन् मरिहत्ते ? केही महिनाभित्रै मूल्य २ लाख नजिक पुग्ने प्रक्षेपण
Nabil Bank Limited

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आगामी वर्षको सुरुसम्ममा प्रतिऔंस ३ हजार डलर प्रति १० ग्राम पुग्न सक्छ । आगामी महिना सुनको भाउ अझै बढ्ने विज्ञहरु बताउँछन् । यो वर्ष सुनको भाउ प्रतिऔंस २७ सय डलर र अर्को वर्षको सुरुमा ३ हजार डलर पुग्न सक्नेछ । १ औंसमा २८.३५ ग्राम हुन्छ ।  

भू–राजनीतिक तनाव, ब्याजदर कटौती, चीनको माग, केन्द्रीय बैंकबाट खरिद र आगामी अमेरिकी चुनावले आगामी महिनामा सुनको दिशा निर्धारण गर्नेछ ।

Shivam Cement
Bizshala
CG Motors

गत महिना मध्यपूर्वमा बढ्दो तनाव र अमेरिकी फेडरल रिजर्भले थप ब्याजदर कटौती गर्ने अपेक्षाका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च २ हजार ६ सय ७० डलर प्रति औंस पुगेको छ । यसले नेपालजस्तो देशमा समेत सुनको भाउलाई सर्वाधिक उचाईमा पुर्याइदिएको छ ।  

सुनको भाउ बढ्नुमा धेरै कारण रहेको विश्लेषकहरुको भनाइ छ । युएईको नूर क्यापिटलका वरिष्ठ उपाध्यक्ष फिलिप लील क्यामेजो सिएनएनसँग एउटा अन्तर्वार्तामा भनेका छन्, ‘अहिले हामी सुनमा उत्साही छौं। सुन विभिन्न कारणले फेसन भएको छ। ब्रिक्स र तेस्रो विश्वका देशहरू डलरबाट टाढा भइरहेका छन्। केन्द्रीय बैंकहरुले सुनको भण्डार बढाइरहेका छन् । यदि तपाइँ हेज कोषलाई हेर्नुहुन्छ भने, सुनमा पूँजीको ठूलो प्रवाह छ। त्यहाँ धेरै कारकहरू छन् जसका कारण हामी सुनमा आकर्षित भइरहेका छौं ।  

क्यामेजोका अनुसार गोल्डम्यान स्याक्सले सुनको लक्ष्य  २७०० डलर राखेको थियो । हालै यसलाई बढाएर २९०० डलर प्रति औंस कायम गरिएको छ । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अर्को मनोवैज्ञानिक आंकडा ३००० डलरको हो । समर्थन पहिले नै २६०० डलरमा देखिएको छ । आगामी महिनाहरूमा २७००, २९०० र ३००० डलरको स्तर देख्न सकिन्छ। यस्तो देखिँदैछ कि पहेंलो धातुले सन् २०२५ को पहिलो क्वर्टरुमा ३००० को सर्वाधिक उचाई चुम्नेछ ।  

अबको केही महिनामा भू–राजनीतिक तनाव, ब्याजदर कटौती, चीनको माग, केन्द्रीय बैंकको खरिद र अमेरिकी चुनावले सुनको दिशा तय गर्नेछ । सुनको मूल्यमा उतारचढाव आउनुको कारण यी सबै तत्वको संयुक्त प्रभाव हुनेछ ।

स्थानीय बजारमा कति छ मूल्य ?

मंगलबार नेपाली बजारमा सुनको मूल्य केही दिनअघिको सर्वाधिक उचाईबाट केही तल झरेको थियो । कारोबारको क्रममा सुन प्रति १० ग्राम ३४५ रुपैयाँले घटेर १ लाख ३७ हजार २६० रुपैयाँ कायम भएको छ ।  

सोमबार सुनको भाउ प्रति १० ग्राम १ लाख ३७ हजार ६०५ रुपैयाँ थियो ।  

प्रतितोलाको हिसाबले हेर्दा नेपाली बजारमा सुनको भाउ मंगलबार १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको थियो ।  

प्रक्षेपणहरुलाई आधार मानेर हेर्ने हो भने सन् २०२५ को पहिलो क्वार्टरसम्ममा नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ९० हजार रुपैयाँसम्म पुग्नसक्ने अनुमान लगाउन सकिन्छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.