काठमाण्डौ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । विश्वका प्रमुख केन्द्रीय बैंकहरुले ब्याजदरमा कटौती गरेसँगै सुनको मूल्य हालसम्मकै उच्च कायम भएको हो ।
आज सुनको मूल्य प्रतिऔंस १८ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔंस २ हजार ६७८ डलर कायम भएको छ ।
बेलायत र युरोपमा मुद्रास्फितीमा देखिएको कमी र बेलायत र युरोपेली केन्द्रीय बैंकले मौद्रिक नीतिमा ल्याएको लचकताका कारण सुनको मूल्य बढ्नमा सहयोग पुगेको जनाइएको छ । यसका अतिरिक्त मध्य–पूर्वमा बढ्दो तनावका कारण पनि सुनको मूल्य उकालो लागि रहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ०.०९ डलरले बढेर प्रतिऔंस ५१.५३ डलर पुगेको छ ।