काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ह्वात्तै वृद्धि भएको छ । सुनको मूल्य २.११ प्रतिशत अर्थात ५२.९२डलरले बढेको छ ।
यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ५६५ डलर कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
अमेरिकी अर्थतन्त्रमा देखिएको सुस्तताका बीच आगामी साता फेडरल रिजर्भले ब्याजदरमा कटौती गर्न सक्ने सम्भावना बलियो बनेसँगै सुनको मूल्यमा उछाल आएको हो । अमेरिकी श्रम भिावगले राज्यबाट बेरोजगार भत्ता लिनेको सुविधा २ हजारले बढेर कुल २ लाख ३० हजार पुगेको प्रतिवेदन सार्वजनिक गरेको छ । जसले अर्थतन्त्रमा समस्या देखिएको आँकलन गरिएको छ ।
यस्तै सेवा शुल्कका कारण अगस्ट महिनामा अमेरिकामा उपभोक्ता मूल्य अपेक्षा गरेभन्दा केही बढेको छ ।
यस्तै चाँदीको मूल्य पनि ४.४९ प्रतिशत अर्थात १.२९ डलरले बढेर प्रतिऔंस २९.९७ डलर कायम भएको छ ।