काठमाण्डौ । बुधबार घरेलु बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य आज प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
अघिल्लो दिन सुनको मूल्य १ लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसदिन सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज ३० रुपैयाँले बढ्दै प्रतितोला २ हजार रुपैयाँ कायम भएको छ ।