मंगलवार, आश्विन १३,२०८३ 08:09:52
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:09:52
Bizshala
Global IME Bank Limited

अमेरिका–इरान तनावबीच सुनको मूल्यमा उच्च गिरावट, बजारमा ब्याजदर र मुद्रास्फीतिको चिन्ता

Bizshala
अमेरिका–इरान तनावबीच सुनको मूल्यमा उच्च गिरावट, बजारमा ब्याजदर र मुद्रास्फीतिको चिन्ता
New Office

काठमाण्डौ । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेपछि मुद्रास्फीति र ब्याजदर सम्बन्धी चिन्ता गहिरिँदा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ।

आज सुनको मूल्य १.७३ प्रतिशत अर्थात ७७.१४ डलरले घटेर प्रतिऔंस ४ हजार ३७३ डलरमा आईपुगेको छ । अमेरिकी डलर मजबुत बनेसँगै अन्य मुद्राका लगानीकर्ताका लागि सुन महँगो पर्न गएको छ, जसले सुनको मागमा दबाब सिर्जना गरेको विश्लेषकहरुले बताएका छन् ।

यसबीच अमेरिकी सेनाले इरानमा नयाँ सैन्य आक्रमण गरेको अमेरिकी अधिकारीहरूले बताएका छन्। उक्त आक्रमण हर्मुज जलमार्ग क्षेत्रमा अमेरिकी सेना र व्यापारिक जहाजलाई खतरा पुग्न सक्ने आशंकामा गरिएको जनाइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समुद्री यातायात पुनः सञ्चालनसम्बन्धी इरानी दाबी अस्वीकार गरेलगत्तै आक्रमण भएको हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अमेरिका–इरान तनाव चर्किएपछि एशियाली बजारमा कच्चा तेलको मूल्य समेत बढेको छ। तेलको मूल्यवृद्धिले आगामी दिनमा मुद्रास्फीति थप बढ्न सक्ने चिन्ता बढाएको छ।

अमेरिकी फेडरल रिजर्भकी गभर्नर लिसा कुकले हालका लागि ब्याजदर स्थिर राख्नुपर्ने धारणा राखेकी छन्। तर, व्यापार शुल्क, इरान युद्ध र एआईसम्बन्धी लगानी वृद्धिका कारण मूल्यवृद्धि चर्किन सक्ने भएकाले आवश्यक परे ब्याजदर बढाउन सकिने संकेत दिएकी छन्।

त्यस्तै, फेडरल रिजर्भका उपाध्यक्ष फिलिप जेफरसनले पनि मुद्रास्फीतिमा अझै जोखिम कायम रहेकाले हालको मौद्रिक नीति उपयुक्त रहेको बताएका छन्।

अब लगानीकर्ताको ध्यान अमेरिकी ‘पर्सनल कन्जम्प्सन एक्सपेन्डिचर’ तथ्यांकतर्फ केन्द्रित भएको छ। उक्त तथ्यांकले फेडरल रिजर्भको आगामी मौद्रिक नीति निर्धारणमा महत्वपूर्ण संकेत दिने अपेक्षा गरिएको छ।

यस्तै आज चाँदीको भाउ समेत घटेको छ । चाँदी आज ३.१३ प्रतिशत अर्थात २.३४ डलरले घट्दै प्रतिऔंस ७२ डलरमा कारोबार भईरहेको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.