काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य अल टाइम हाईको उचाईबाट झरेको छ । सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको थियो । यो मूल्य हालसम्मकै उच्च हो । त्यसदिन सुनको मूल्य प्रतितोला ४ हजारले बढेको थियो ।
आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।