काठमाण्डौ। स्थानीय बजारमा सुनको मूल्य आज उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ हजार ४ सय रुपैयाँले बढेको हो।
अघिल्लो दिन भने सुनको मूल्य २ सय रुपैयाँले घटेको थियो ।
त्यस्तै, १० ग्राम सुनको मूल्य पनि वृद्धि भएको छ। अघिल्लो दिन १० ग्राम सुनको मूल्य २ लाख ५८ हजार ४ सय ९० रुपैयाँ रहेकोमा आज बढेर २ लाख ६३ हजार ९ सय ७५ रुपैयाँ पुगेको छ।
यसैगरी, चाँदीको मूल्य पनि आज बढेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ६ सय ७० रुपैयाँ रहेको चाँदीको मूल्य आज ११० रुपैयाँले बढेर ४ हजार ७ सय ८० रुपैयाँ पुगेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।