काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । आजको कारोबारमा सुनको मूल्य ०.९३ प्रतिशत अर्थात प्रतिऔंस २७ डलरले बढेको छ ।
यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ९२८.८६ डलर कायम भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशहरुमाथि भन्सार शुल्क लगाउने घोषणा गरेयता सुनको मूल्य निरन्तर बढिरहेको छ ।
आज चाँदीको मूल्य पनि ०.२१ डलरले बढ्दै प्रतिऔंस ३२.४४ डलर कायम भएको छ ।