काठमाण्डौ । स्थानीय बजारमा आजपनि सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ४ सय रुपैयाँले बढेको हो ।
यससँगै आज सुनको भाउ प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिनपनि सुनको भाउ ६ सय रुपैयाँले बढेको थियो । उक्त दिन एक तोला सुनको कारोबार २ लाख ८७ हजार ३ सय रुपैयाँमा भएको थियो ।
यस्तै आज १० ग्राम सुनको मूल्य २ लाख ४७ हजार ५१५ रुपैयाँ पुगेको छ ।
सुनसँगै आज चाँदीपनि महङ्गिएको छ । चाँदी ४० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ७३० रुपैयाँ पुगेको छ ।

