Bizshala
  • बुधबार, भाद्र २४,२०८३ 01:47:39
Bizshala
Global IME Bank Limited

सुन हालसम्मकै महङ्गो, कति पुग्यो एक तोलाको मूल्य ?

सुन हालसम्मकै महङ्गो, कति पुग्यो एक तोलाको मूल्य ?
New Office

काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै महङ्गो भएको छ । अघिल्लो दिन प्रतितोला ४ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने प्रतितोला १८ सय रुपैयाँले बढेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोला १८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३३ हजार रुपैयाँ कायम भएको छ ।  यो मूल्य हालसम्मकै उच्च हो  । 

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै आज तेजावी सुनको मूल्य पनि १५ सय रुपैयाँले बट्दै प्रतितोला १ लाख ३२ हजार ३५० कायम छ । चैत १९ गते नेपाली बजारमा सुनको मूल्य हालसम्मकै महंगो बनेको थियो ।  

त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३१ हजार ६ सय र तेजावी सुनको मूल्य १ लाख ३० हजार ९५० रुपैयाँ कायम भएको थियो ।  

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला  १ हजार ६ सय १० रुपैयाँ कायम भएको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.