काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन १४ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।
आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सुनको कारोबार प्रतितोला १ लाख ९४ हजार ४ सय रुपैयाँमा भएको थियो ।
यस्तै आज चाँदीको भाउ समेत घटेको छ । चाँदी आज ४० रुपैयाँले बढेको छ । यससँगै आज चाँदीको कारोबार प्रतितोला २ हजार २७० रुपैयाँमा भईरहेको छ ।