काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्यमा ९ सय रुपैयाँको बढोत्तरी आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार रुपैयाँ कायम थियो । उक्त दिन सुनको मूल्य २५ सय रुपैयाँले घटेको थियो ।
यस्तै आज चाँदीको मूल्यमा पनि बढेको छ। चाँदी आज ६५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार २२५ रुपैयाँ कायम भएको छ ।