काठमाण्डौ । स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको हो।
अघिल्लो दिन सुनको मूल्य ३ हजार ६ सय रुपैयाँले बढेको थियो ।
त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ६३ हजार ३० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन २ लाख ६१ हजार ६ सय ६० रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय १० रुपैयाँ थियो। यसअनुसार चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले बढेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।