काठमाण्डौ । सुनको भाउ तोलामै २८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको भाउ प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँ रहेको थियो ।
त्यस्तै, चाँदीको भाउ पनि सामान्य बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ बढेर ४ हजार ४२५ रुपैयाँ पुगेको छ ।
अघिल्लो कारोबार दिन भने चाँदीको मूल्य ४ हजार ३९५ रुपैयाँ थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।