काठमाण्डौ । आज स्थानिय बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको भाउ आज भने बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै आज एक तोला सुनको कारोबार ३ लाख १५ हजार ४ सय रुपैयाँमा भईरहेको छ ।
अघिल्लो दिन भने सुनको भाउ प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँ कायम थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज १० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ७२५ रुपैयाँ कायम भएको छ ।

