काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ०.३४ प्रतिशत अर्थात ११.३१ डलरले सस्तिएको छ ।
यो गिरावटसँगै सुनको मूल्य आज प्रतिऔंस ३ हजार ३३७ डलरमा कारोबार भईरहेको छ ।
आज चाँदीको भाउ भने बढेको छ । चाँदी ०.२९ डलरले बढ्दै ३६.७८ डलरमा कारोबार भईरहेको छ ।