काठमाण्डौ । स्थानीय बजारमा सुनको मूल्यमा आज उल्लेख्य वृद्धि भएको छ। आज सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ हजार २ सय रुपैयाँले बढेको हो।
अघिल्लो दिन पनि सुनको मूल्य २ हजार ८ सय रुपैयाँले बढेको थियो ।
यस्तै १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ७६ हजार ६ सय ६५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन १० ग्राम सुनको मूल्य २ लाख ७३ हजार ९ सय २० रुपैयाँ रहेको थियो।
यसअनुसार १० ग्राम सुनको मूल्य २ हजार ७ सय ४५ रुपैयाँले वृद्धि भएको छ।
यसैबीच, चाँदीको मूल्य भने सामान्य घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ९ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १० रुपैयाँले घटेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।