काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । पछिल्लो कारोबारमा सुनको मूल्य १.१६ प्रतिशत अर्थात प्रतिऔंस ३३.९० डलरले घटेको छ ।
यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ८८२ डलर कायम भएको छ ।
पछिल्लो समय सुनको मूल्य निरन्तर उकालो लाग्दै आईरहेको थियो । अमेरिकाले विभिन्न देशमाथि लगाएको आयात शुल्कका कारण विश्व व्व्यापार संकटमा पर्ने अनुमानका बीच अन्तराष्ट्रिय बजारमा पछिल्लो समय सुनको मूल्य बढ्दै आईरहेको थियो ।
पछिल्लो कारोबारमा चाँदीको मूल्य पनि ०.०५ डलरले घट्दै प्रतिऔंस ३२.१५ डलर कायम भएको छ ।