काठमाण्डौ । शुक्रबार घरेलु बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।
यो गिरावटसँगै सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ कायम थियो । त्यसदिन सुनको मूल्य १६ सय रुपैयाँले बढेको थियो ।
सुनको मूल्य घटेतापनि आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९८५ रुपैयाँ कायम थियो ।