आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो भाउ ?
काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिन १४ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५१ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।