ह्वात्तै घट्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । अघिल्लो दिन हालसम्मकै उच्च कायम भएको सुनको भाउ आज ह्वात्तै घटेको छ । स्थानिय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।