काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले आजका लागि बोलाएको साधारण सभा स्थगित भएको छ । भदौ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भदौ २९ गते काठमाण्डौको थापाथलीमा रहेको बीएलसी सभा कक्षमा बिहान साढे १२ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको थियो ।
कम्पनीले नेपालमा विद्यमान संवेदनशील परिस्थितिका कारण साधारण सभा स्थगित भएको जनाएको छ ।
परिस्थिति सामान्य भई सुनिश्चित भएपछि मात्रै उपयुक्त मिति निर्धारण गरी सेयरधनीहरुलाई जानकारी दिइने कम्पनीले जनाएको छ ।
कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित साधारण सभा डाकेको थियो ।