काठमाण्डौ । पिपुल्स पावर कम्पनी लिमिटेडको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । उक्त शिलबन्दी बोलपत्र काठमाण्डौको कमलादीमा रहेको प्रभु क्यापिटलको कार्यालयमा बिहान ९ बजे खोलिने छ ।
कम्पनीले गत भदौ १५ गतेदेखि भदौ २२ गतेसम्म ३ लाख ९१ हजार ७७९ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको थियो ।
कम्पनीले गत असार २२ गतेदेखि २६ गतेसम्म १ः०.५० अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको सर्वसाधारण समूहको उक्त सेयर लिलामीमातर्फ बिक्रीमा राखेको थियो ।