खर्च बढ्दा पिपुल्स पावरको नाफा २६% ले घट्यो, आम्दानीमा ५% को सुधार
काठमाण्डौ । पिपुल्स पावर लिमिटेडको विद्युत बिक्री आम्दानी बढ्दा पनि खर्च नियन्त्रण गर्न नसक्दा नाफामा गिरावट आएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म १ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २६.७१ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ करोड ७२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । कम्पनीले...

