काठमाण्डौ । पिपुल्स पावर लिमिटेडको आम्दानी र नाफा दुवै बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनी ६ लाख ८० हजार रुपैयाँ घाटामा थियो ।
कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ८ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा १५५.७९ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत ३ करोड १८ लाख रुपैयाँ आर्जन गरेको थियो ।
कम्पनीको कर्मचारी खर्च १७ लाख ९७ हजार, अन्य सञ्चालन खर्च २६ लाख ५ हजार,वित्त खर्च २ करोड ९६ लाख र १ करोड ४ लाख रुपैयाँबराबरको प्रत्यक्ष खर्च गरेको छ । चुक्तापूँजी ६३ करोड २६ लाख रुपैयाँ भएको कम्पनीको रिजर्भको आकार १ करोड ८४ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।
यस्तै कम्पनीको कुल चालु सम्पत्ति ३ करोड २८ लाख र कुल चालु दायित्व २८ लाख ४१ हजार रुपेयाँ छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१.९५ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ९७.०८, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५३.७३ रुपैयाँ र तरलता अनुपात ११.५७ रुपैयाँ कायम भएको छ ।