सोमबार, असार २,२०८२ 11:04:44
  • सोमबार, असार २,२०८२ 11:04:44
Global IME Bank Limited

आम्दानीमा गिरावट आएसँगै पिपुल्स पावरको नाफा ३६% ले संकुचित

Hyundai Nepal
आम्दानीमा गिरावट आएसँगै पिपुल्स पावरको नाफा ३६% ले संकुचित
Nabil Bank Limited

काठमाण्डौ ।  पिपुल्स पावर लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मका अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको आम्दानी र नाफामा गिरावट आएको छ । कम्पनीले समीक्षा अवधिसम्म ७८ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३६.७३ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ६ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १४.५५ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत ८ करोड १४ लाख रुपैयाँ आर्जन गरेको थियो ।   

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको अन्य सञ्चालन खर्च ५७ लाख ९१ हजार वित्त खर्च २ करोड २ लाख र प्रत्यक्ष खर्च १ करोड रहेको छ । कम्पनीको रिजर्भको आकार १ करोड २५ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । यस्तै कम्पनीको कुल चालु सम्पत्ति ३ करोड १८ लाख र कुल चालु दायित्व ३ लाख ५८ हजार रुपेयाँ छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१.२३ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ९८.०२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४८.३५ रुपैयाँ र तरलता अनुपात ८८.९९ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.