काठमाण्डौ । पिपुल्स पावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको १ः०.५० अनुपातको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।
नेप्सेमा भएको सेयरमूल्य समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३६१.१३ रुपैयाँ कायम भएको छ । समायोजनअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४९१.७० रुपैयाँ कायम थियो । आजको कारोबारमा यही मूल्यका आधारमा दोस्रो बजारमा कम्पनीको सेयर कारोबार हुनेछ ।
कम्पनीले हकप्रद सेयर निष्कासनका लागि असार २ गते बुक क्लोज गर्दैछ । यसर्थ असार १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् । कम्पनीले १ः०.५० अनुपातमा प्रति सेयर रू. १०० दरका ३१ लाख ६३ हजार कित्ता साधारण सेयर हकप्रद निष्कासन गर्नेछ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल रहेको छ । । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ २ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।