काठमाण्डौ । पिपुल्स पावर लिमिटेडको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
कम्पनीले आफ्ना सेयरधनीहरुलाई गत असार २२ गतेदेखि साउन २६ गतेसम्म ५० प्रतिशत हकप्रद जारी गरेको थियो । सोही हकप्रद आज नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत भएसँगै अब आगामी कारोबारदेखि उक्त हकप्रद सेयर दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

