बुधबार, माघ ९,२०८१ 10:46:30
IME remit
  • बुधबार, माघ ९,२०८१ 10:46:30
IME remit
Global IME Bank Limited

पिपुल्स पावरले डाक्यो दुई आवको साधारण सभा, हकप्रद निष्कासनको प्रस्ताव पारित गरिने

Hyundai Nepal
पिपुल्स पावरले डाक्यो दुई आवको साधारण सभा, हकप्रद निष्कासनको प्रस्ताव पारित गरिने
Nabil Bank Limited

काठमाण्डौ । पिपुल्स पावर कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक डाकेको छ । चैत २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले छैठौं र सातौं वार्षिक साधारण सभा डाकेको हो ।  

उक्त सभाहरु आगामी वैशाख १७ गते काठमाण्डौको नक्सालमा रहेको लिसरा ब्यांक्वेटमा बिहान १० बजे आयोजना हुनेछ । उक्त सभामा ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा(३१ लाख ६३ हजार कित्ता) हकप्रद जारी गर्ने,हकप्रदपश्चात हुने पूँजीवृद्धिका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने,यस क्रममा अन्य आवश्यक कुरा फेरबदल गर्नु परेमा सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने र नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोहि बमोजिम सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

यसका साथै आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहित आव २०७८/७९ र २०७९/८० वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी  पारित गरिनेछ ।  

यस्तै सभामा चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनुका साथै संस्थापक समूहबाट १ जना महिलासहित ५ जना र सर्वसाधारण समूहबाट १ जना सञ्चालकको नियुक्ती/निर्वाचन र सञ्चालक समितिले प्रस्ताव गरेको मध्येबाट १ जना स्वतन्त्र सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव पारित गरिनेछ ।  

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी चैत २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ चैत २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका कम्पनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।      

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.