काठमाण्डौ । पिपुल्स पावर लिमिटेडको आम्दानी बढेसँगै कम्पनी घाटाबाट बाहिर आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ३ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनी ६७ लाख ६२ हजार रुपैयाँ घाटामा थियो ।
कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत १० करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४३४.५५ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत २ करोड १ लाख रुपैयाँ आर्जन गरेको थियो । यस्तै कम्पनीले ६ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।
कम्पनीको कर्मचारी खर्च ४ लाख ५१ हजार, अन्य सञ्चालन खर्च ९० लाख ७९ हजार,वित्त खर्च ३ करोड ८१ लाख र १ करोड ४० लाख रुपैयाँबराबरको प्रत्यक्ष खर्च गरेको छ । चुक्तापूँजी ६३ करोड २६ लाख रुपैयाँ भएको कम्पनीको रिजर्भको आकार ५ लाख ९० हजार रुपैयाँले ऋणात्मक अवस्थामा छ ।
यस्तै कम्पनीको कुल चालु सम्पत्ति ४ करोड ४२ लाख र कुल चालु दायित्व ९५ लाख ८४ हजार रुपेयाँ छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)४.५४ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ९९.९०, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५६.८२ रुपैयाँ र तरलता अनुपात ४ प्रतिशत कायम भएको छ ।