सोमबार, असार २,२०८२ 12:44:50
  • सोमबार, असार २,२०८२ 12:44:50
Global IME Bank Limited

पर्यटन बोर्डको सीईओ छनौट तत्काल नगर्न उच्च अदालतको अन्तरिम आदेश

Hyundai Nepal
पर्यटन बोर्डको सीईओ छनौट तत्काल नगर्न उच्च अदालतको अन्तरिम आदेश
Nabil Bank Limited

काठमाण्डौ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनौट सम्बन्धी कुनै पनि काम नगर्न नगराउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । वैशाख १० गते उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले यस्तो आदेश जारी गरेको हो ।

उच्च अदालतले सीईओ नियुक्तिका लागि छनौट गर्न गठित उपसमितिका सदस्य तथा बोर्ड सञ्चालक समिति सदस्यहरू मिलन देवकोटा र मदनकुमार आचार्यको मनोनयन समेत गैरकानुनी भएको र छनौट उपसमिति पनि अवैधानिक रहेको भन्दै सीईओ छनौट कार्य रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

‘उक्त आदेशअनुसार के कसो भएको हो ? निवेदकको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो ? माग बमोजिम आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सबुद प्रमाणसहित म्याद सूचना तामेल भएको मितिले बाटाको म्यादबाहेक १५ दिनभित्र विपक्षी न १ र २ को हकमा सरकारी वकिलको कार्यालय ,पाटन र अन्य विपक्षीको हकमा आफैं वा प्रतिनिधि राखेर लिखित जवाफ पेस गर्नु होला ।’ अदातद्वा्रा जारी परमादेशमा उल्लेख गरिएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.