Bizshala
  • मंगलवार, असार २३,२०८३ 06:40:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भारतीय पर्यटकको चहलपहल ठमेलमा,पर्यटन व्यवसाय चलायमान

Laxmi Sunrise Bank Limited
भारतीय पर्यटकको चहलपहल ठमेलमा,पर्यटन व्यवसाय चलायमान

 काठमाण्डौ  । संघीय राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा पछिल्लो समय भारतीय पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको छ। भारतीय पर्यटकको बढ्दो आगमनसँगै होटल, रेस्टुरेन्ट, हस्तकला पसल, मनोरञ्जनस्थल तथा अन्य पर्यटन व्यवसायमा नयाँ उत्साह देखिन थालेको व्यवसायीहरूले बताएका छन्।

लामो समयसम्म युरोपेली तथा अन्य तेस्रो मुलुकका पर्यटकको प्रमुख केन्द्रका रूपमा चिनिँदै आएको ठमेल पछिल्ला वर्षहरूमा भारतीय पर्यटकको पनि रोजाइमा पर्न थालेको छ। धार्मिक भ्रमणका लागि नेपाल आएका भारतीय पर्यटकहरूले ठमेलमा बसाइ, खानपिन, किनमेल र घुमफिरमा पनि रुचि देखाउन थालेपछि यस क्षेत्रको पर्यटन बजार थप चलायमान बनेको हो।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष ध्रुव अधिकारीका अनुसार भारतीय पर्यटकको बढ्दो उपस्थितिले ठमेल क्षेत्रको आर्थिक गतिविधि मजबुत बनाइरहेको छ। उनका अनुसार होटल, रेस्टुरेन्ट, पसल तथा मनोरञ्जन व्यवसायमा भारतीय पर्यटकको प्रभाव स्पष्ट देखिन थालेको छ।

New Office
CG Motors
Garima Development Bank

ठमेलस्थित चारतारे होटल रमदा इन्कोर काठमाडौंका महाप्रबन्धक महेश फुँयालका अनुसार हाल होटलमा बस्ने पाहुनामध्ये करिब ३० प्रतिशत भारतीय पर्यटक छन्। उनका अनुसार अधिकांश भारतीय पर्यटक पशुपतिनाथ दर्शनका लागि नेपाल आउने गरे पनि पछिल्लो समय उनीहरूको बसाइ र घुमफिर ठमेलतर्फ पनि विस्तार हुँदै गएको छ।

भारतीय पर्यटक पशुपतिनाथसँगै स्वयम्भूनाथ, बौद्धनाथ, पाटन दरबार क्षेत्र, काठमाडौं दरबार क्षेत्रलगायतका सम्पदास्थलप्रति पनि आकर्षित हुने गरेका छन्। धार्मिक, सांस्कृतिक र किनमेल पर्यटनको मिश्रणका कारण भारतीय पर्यटकको काठमाडौं बसाइ केही लम्बिन थालेको व्यवसायीहरूको भनाइ छ।

नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलीप कार्कीले भारतलाई लक्षित गरी सञ्चालन गरिएका पर्यटन प्रवर्द्धन कार्यक्रमका कारण भारतीय पर्यटकको आगमन बढेको बताए। उनका अनुसार बोर्डले पछिल्लो एक वर्षमा भारतका प्रमुख सहरमा २४ वटा पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ। त्यससँगै नेपाल–भारत सीमा नाकाहरूमा पनि प्रचारप्रसार अभियान अघि बढाइएको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बोर्डका तथ्याङ्कअनुसार सन् २०२५ मा नेपाल आएका ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटकमध्ये २५.२ प्रतिशत अर्थात् दुई लाख ९२ हजार ६२४ जना भारतीय थिए।

त्यस्तै, सन् २०२६ को पहिलो छ महिनामा नेपाल आएका छ लाख २० हजार ४५३ विदेशी पर्यटकमध्ये एक लाख ७२ हजार ४८१ जना भारतबाट आएका छन्। यस अवधिमा जनवरीमा २६ हजार ६२४, फेब्रुअरीमा २२ हजार ७४५, मार्चमा २५ हजार ७२८, अप्रिलमा १५ हजार १९६, मेमा ४० हजार ७८२ र जुनमा ४१ हजार ८०९ भारतीय पर्यटक नेपाल आएका छन्।

व्यवसायीहरूका अनुसार भारतमा बढ्दो गर्मी, नेपाल–भारत खुला सीमा, धार्मिक पर्यटन, नेपाली संस्कृति र हिमाली गन्तव्यप्रतिको आकर्षणका कारण भारतीय पर्यटकको आगमन निरन्तर बढिरहेको छ। यसको सकारात्मक प्रभाव काठमाडौंको ठमेल मात्र नभई पोखरा, मुक्तिनाथलगायतका गन्तव्यको पर्यटन व्यवसायमा पनि देखिन थालेको छ।

पर्यटन व्यवसायीहरू भारतीय पर्यटकलाई लक्षित गरी सेवा, प्याकेज र प्रचार रणनीति थप व्यवस्थित गर्न सके ठमेलसहित समग्र नेपाली पर्यटन क्षेत्रले ठूलो लाभ लिन सक्ने बताउँछन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.