आईतवार, बैशाख ६,२०८३ 05:35:31
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 05:35:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भविष्यका पर्यटन जनशक्तिलाई सशक्त बनाउने कार्यक्रमको सुरुवात

Bizshala
भविष्यका पर्यटन जनशक्तिलाई सशक्त बनाउने कार्यक्रमको सुरुवात
Shivam Cement

काठमाण्डौ । नेपाल पर्यटन व्यवसायीहरूको आगामी पुस्तालाई वर्तमानसँग अभ्यस्त गराउने उद्देश्यले नेपाल पर्यटन बोर्डले आज एउटा पहलको शुभारम्भ गरेको छ।

नेपाल पर्यटनबोर्डको सभाकक्षमा आयोजना गरिएको "Empowering Future Tourism Leaders: Sharing Knowledge & Growth" शीर्षकको मासिक शृङ्खलाको उट्घाटन सत्रमा शुभश्री कलेज अफ म्यानेजमेन्टको ब्याचलर अफ होटल म्यानेजमेन्ट कार्यक्रमका ६५ विद्यार्थीहरू सहभागी थिए।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले कार्यक्रमको महत्वलाई जोड दिँदै भने ‘यो हाम्रो पर्यटनको भविष्य प्रवर्द्धन गर्ने पहल हो। हामी यस क्रममा भाइबहिनी र उद्योगीहरूको साथको अपेक्षा गर्दछौं ।’ यस्तै अहिलेको पर्यटनको प्रवृति Experience travel को रहेको पनि उनले बताए  ।  

कार्यक्रममा बोल्दै बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंह ऐरले यो कार्यक्रमले विद्यार्थी भाइबहिनीहरूलाई जागिर उन्मुख हुने भन्दा पनि उद्यमी बन्न जोड लगाउनुपर्ने बताए। बोर्डका वरिष्ठ प्रवन्धक विमल कँडेलले नेपालका अनुपम पर्यटकीय सम्पदाहरुको बारेमा प्रस्तुतिकरण गरेका थिए । यसै गरी कार्यक्रममा शुश्री कलेजका प्राचार्य मनिता ओलीले युवा जनशक्तिले हरेक समय केही न केही सिकिरहनु पर्ने र यस कार्यक्रमले पनि सबैलाई सिक्ने मौका दिएको बताए ।  

यसपहलले उद्योग विशेषज्ञता र उदीयमान प्रतिभाहरूबीचको खाडललाई कम गर्दै आवश्यक वातावरण सिर्जना गर्नेछ भन्ने आशा बोर्डको रहेको छ।  

CG Motors
Garima Development Bank
IME remit

साथै, यसले सिकाइ, सहकार्य र नवप्रवर्तनलाई बढावा दिनेछ। यस सत्रले अनुभवी पेशा व्यवसायीहरु, शिक्षकहरू, र विद्यार्थीहरूलाई पर्यटनमा नवीनतम प्रवृत्तिहरू छलफल गर्न र भविष्यका अवसरहरू अन्वेषण गर्न अभिप्रेरित गर्नेछ । सहभागीहरूले अनुभव साटासाट र एकअर्कालाई प्रेरणा दिने मौका पाउनेछन्।  

सहभागी हुन चाहने अन्य कलेज,शैक्षिक संस्थाहरूले यस कार्यक्रममा संलग्न हुनको लागि पर्यटन सम्पदा तथा संसाधन विकास महाशाखाको पर्यटन क्षमता बिकास एकाइमा सम्पर्क गर्नुपर्ने हुन्छ ।  

कार्यक्रमको सञ्चालन बोर्डका अधिकृत रिखीमाया राइले गरेका थिए । यस कार्यक्रमको समन्वयबोर्डका वरिष्ठ अधिकृत सुधन सुबेदीले गरेका थिए।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.