मंगलवार, फाल्गुन ५,२०८२ 04:05:17
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 04:05:17
Bizshala
Global IME Bank Limited

गण्डकी प्रदेशको पर्यटन प्रबर्द्धन गर्न पोखरामा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

गण्डकी प्रदेशको पर्यटन प्रबर्द्धन गर्न पोखरामा पर्यटन फोटो पत्रकारिता तालिम सुरु
Shivam Cement

काठमाण्डौ । नेपालको पर्यटन राजधानीका रुपमा चिनिने पोखरामा पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पर्यटन बोर्ड(एनटीबी) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहलमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) ले राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) र नेपाल पत्रकार महासंघ कास्कीसँगको सहकार्यमा तीनदिने प्रशिक्षण सञ्चालन गरिरहेको छ । 

तालिमको उद्घाटन सत्रमा शुभकामना व्यक्त गर्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक तथा गण्डकी प्रदेश कार्यालय प्रमुख मणिराज लामिछानेले क्यामेराको लेन्सबाट गण्डकीका गन्तव्यहरुको प्रबर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उल्लेख गर्दै तालिम सहभागी पत्रकारालाई नेपालको पर्यटकीय राजधानी पोखरामा स्वागत गरेका छन् । 

उनले थपे, ‘एक उत्कृष्ट तस्बिरले हजार शब्द बयान गर्नसक्छ । पर्यटन प्रवर्द्धनमा तस्बिरको भूमिका अविश्वसनीय छ । हामीले अहिले पोखरा जति सुन्दर भनेर मानिसहरु घुम्न आइरहनुभएको छ, यहाँसम्म पर्यटक ल्याउन पत्रकार र पत्रकारहरुले खिचेका तस्बिरहरुको महत्वपूर्ण योगदान छ । त्यसैले क्यामेराको लेन्समार्फत यहाँको कथा संसारलाई सुनाउनु आजको आवश्यकता हो ।’

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

बोर्डको गण्डकी प्रदेश कार्यालय प्रमुख लामिछानले यूएनडीपीले विगतदेखि नै नेपालको दिगो पर्यटन विकासका लागि सहकार्य गरिरहेको समेत उल्लेख गरेका छन् । उनले पर्यटन बोर्डले पत्रकारको क्षमता अभिवृद्धि, मल्टिमिडिया प्रमोशन र गन्तव्य–केन्द्रित डिजिटल अभिलेखनलाई आगामी कार्यक्रमको प्राथमिकतामा राखेको समेत बताएका छन् ।

त्यसैगरी यूएनडीपी गण्डकी तथा लुम्बिनी प्रदेश कार्यालय प्रमुख सुदिप अर्यालले पर्यटनका सम्भावनाहरू पहाडदेखि हिमालसम्म फैलिएको भन्दै पत्रकारको भूमिका अझ निर्णायक बन्दै गएको बताए । उनले भने, ‘पर्यटनको अथाह सम्भावना उजागर गर्ने सबैभन्दा प्रभावकारी माध्यम मिडिया नै हो । क्यामेराको लेन्समा कैद गरिएका पर्यटन कथाहरु ग्लोकलदेखि ग्लोबल बजारसम्म पुर्‍याउने काम मिडियाले गर्दै आएको छ । तीनदिने यो तालिम पत्रकारका लागि अत्यन्तै फलदायी हुने हाम्रो विश्‍वास छ ।’

अर्यालले बोर्ड र यूएनडिपीको दिगो पर्यटन परियोजनाले पीपुल, प्लानेछ, पिस, पोरेसपेरिटी र पार्टनसिप मोडलमा समुदाय, प्रकृति र बजारलाई जोडेर दीगो पर्यटन विकासका गतिविधि अघि बढाइरहेको उल्लेख गरेका छन् । उनले थपे, ‘समाजमा पर्यटनसम्बन्धी सकारात्मक सन्देशलाई अझ मजबुत बनाउने जिम्मा आजका पत्रकारको कलम र क्यामेरामा छ ।’

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) का अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारितालाई पर्यटन प्रवर्द्धनको मेरुदण्डको रूपमा व्याख्या गरेका छन् । उनले भने, ‘सिकाइ कहिल्यै अन्त्य हुँदैन । तपाईंले आज पोखरा, अन्नपूर्ण र गण्डकीका कथा जसरी क्यामेरामा उतार्नुहुन्छ, तीनै तस्बिरहरूले नेपाललाई विश्व पर्यटन मानचित्रमा अझ बलियो रुपमा पर्यटकीय गन्तव्यको रुपमा प्रस्तुत गर्नेछ ।’

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

दीगो पर्यटन परियोजनाका निर्देशक धर्मराज दवाडीले यो प्रशिक्षण कार्यक्रम गण्डकी प्रदेशका ओझेलमा पर्यटकीय गन्तव्य, भाषा, संस्कृती र प्रकृतीका कथालाई थप प्रभावकारी ढंगले प्रस्तुत गर्न सहयोगी हुने हामीले विश्वास लिएका छौं । उनले भने, ‘दीगो पर्यटन परियोजनाले कञ्‍चनजंघा, मनास्लु र अपि पदमार्गहरुको प्रबर्द्धनका लागि काम गरिरहेको छ । यस क्षेत्रका पर्यटकीय सम्भावना उजागर गर्न मिडियाको महत्वपूर्ण भूमिका हुने भएकोले पत्रकारहरुलाई पर्यटन र फोटो सम्बन्धी तालिम दिन लागिएको हो । यो तालिमले आगामी दिनमा पर्यटनसम्बन्धी समाचारहरुले प्राथमिकता पाउने हाम्रो विश्‍वास छ ।’

नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलिप प्रकाश कार्कीले बोर्डको उद्देश्य, पर्यटन पत्रकारिताको आधारभूत प्रक्रिया र प्रभावकारिताबारे प्रशिक्षण दिएका हुन् । तालिमका क्रममा प्रशिक्षक वन्तले फोटो पत्रकारिताको इतिहास, फोटो खिच्दा आवश्यक प्राविधिक ज्ञान र सिपलगायतका विषयमा जानकारी गराएका छन् । त्यसैगरी अर्का प्रशिक्षक प्रकाशचन्द्र तिमिल्सेनाले फोटो फिचर कसरी तयार गर्ने, तस्बिर कथाको महत्वलगायतका विषयमा प्रशिक्षण दिएका हुन् ।

प्रशिक्षणका क्रममा दोस्रो दिन तस्बिर कथाको व्यवहारिक पक्षबारे ज्ञान दिनुका साथै फिल्ड भिजिट  गराइने भएको छ । प्रशिक्षणमा गण्डकी प्रदेशका कास्की, बागलुङ, पर्वत, स्याङ्जा, गोरखा, तनहुँ, लमजुङलगायतका विभिन्न जिल्लाबाट आएका करीब ३० जना पत्रकार सहभागी छन् । यस प्रशिक्षणले गण्डकी प्रदेशका नयाँ गन्तव्यहरुको पर्यटन प्रवर्द्धन, दृश्य अभिलेखन, गन्तव्य ब्रान्डिङ र स्थानीय पर्यटनमा टेवा पुग्‍ने विश्वास गरिएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.