आईतवार, फाल्गुन ११,२०८१ 10:23:05
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 10:23:05
IME remit
Global IME Bank Limited

पर्यटन बोर्ड र युएनडीपीको सहकार्यमा सञ्चालित कार्यक्रमले जित्यो अन्तराष्ट्रिय गोल्ड अवार्ड

Hyundai Nepal
पर्यटन बोर्ड र युएनडीपीको सहकार्यमा सञ्चालित कार्यक्रमले जित्यो अन्तराष्ट्रिय गोल्ड अवार्ड
Nabil Bank Limited

काठमाण्डौ । नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) सँगको सहकार्यमा सञ्चालित जीविको पार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले तेस्रो पटक प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) गोल्ड अवार्ड प्राप्त गरेको छ ।

प्यासिफिक ट्राभल एशोसिएसन (पाटा) को थाइल्याण्डमा बुधबार आयोजित कार्यक्रममा पाटका अध्यक्ष पीटर साइमनले (एसटीएलआरपी) परियोजनाका निमित्त प्रवन्धक धर्म दवाडीलाई अर्वाड हस्तान्तरण गरेका हुन् ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

परियोजनाले कम्युनिटी बेस टुरिजममा २०२४ काला गिपाटा गोल्ड अवार्ड प्रदान गरिएको हो । परियोजनाले नेपालका ७ प्रदेश ५८ जिल्ला तथा ८५ वटा नगर÷गाउँपालिकाहरुसँगको सह–लगानीमा विभिन्न स्थानमा पर्यटकीय गन्तव्य निर्माण गरि पर्यटन रोजगारीका अवसरहरू सिर्जना र दिगो पर्यटन विकासमा क्षमता अभिवृद्धि गरेकोले यो अवार्ड प्राप्त गरेको हो ।

परियोजनाले यस अघि सन् २०२२ र २०२३ मा पनि एसटीएलआरपी परियोजनाले (पाटा) गोल्ड अवार्ड प्राप्त गरेको थियो । एसटीएलआरपीले पर्यटनका माध्यमबाट महिला सशक्तिकरणमा गरेको पहल कदमी, दिगोपन तथा सामाजिक उत्तरदायित्वका लागि २०२३ मा पाटा गोल्ड अवार्ड र २०२२ मा टुरिजम डेस्टिनेसन रेसिलेन्सि विधाअन्तर्गत पाटा गोल्ड अर्वाड प्राप्त गरेको थियो ।

परियोजनाले निरन्तर पाटा अबार्ड प्राप्तगर्नुले परियोजनाले गरिरेहेका कामले पर्यटन क्षेत्रमा राम्रो योगदान गरेको र त्यसको  मूल्याङ्कन स्वरुप अवार्ड प्राप्त भएको र यसले थप कार्य गर्न प्रोत्साहन मिलेको नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिनी लाहे थापाले जानकारी दिइन् ।

परियोजनाले कोभिड–१९ पछिकरिब १० हजार पर्यटन मजदुरहरुलाई अल्पकालिन रोजगारी सिर्जना तथा चार हजार जनालाई क्षमताअभिवृद्धिको तालिम प्रदान सहित सातै प्रदेशका विभिन्न पालिकामा पर्यटकीय गन्तव्य निर्माण गरिएकोले  बोर्डका प्रबन्धक तथा राष्ट्रिय कार्यक्रम संयोजक श्रद्धा श्रेष्ठले जानकारी दिइन् ।  

यो अवधीमा परियोजनाले महिलाहरुका लागि रिभर गाइड, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुका लागि टे«किङ्ग गाइड, तथा सातै प्रदेशका १५० पालिकाहरुका लागि पर्यटन रणनीति निर्माण , १३० वटा विद्यालयहरुमा राष्ट्रिय दीगो  पर्यटन क्लब गठन गरि पर्यटन जनचेतना अभिवृद्धिको कार्यक्रम तथा पर्यटनसँग सम्बन्धित विभिन्न निजी सरोकारवाला संस्थाहरुसँगको सहकार्यमा विभिन्न विधाका पर्यटन गाइड म्यानुयलहरु निर्माण गरिएको परियोजनाका राष्ट्रिय कार्यक्रम निर्देशक श्रद्धा श्रेष्ठले जानकारी दिइन् ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.