आईतवार, बैशाख ६,२०८३ 05:30:34
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 05:30:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पर्यटन बोर्डद्वारा पर्यटन मन्त्री तामाङको स्वागत,आवश्यक नीतिगत सुधारको लागि मन्त्रालय तयार: मन्त्री तामाङ

Bizshala
पर्यटन बोर्डद्वारा पर्यटन मन्त्री तामाङको स्वागत,आवश्यक नीतिगत सुधारको लागि मन्त्रालय तयार: मन्त्री तामाङ
Shivam Cement

काठमाण्डौ । नेपाल पर्यटन बोर्डले नव नियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको स्वागत गरेको छ । पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा. दीपक काफ्ले तथा बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले मन्त्री तामाङलाई स्वागत गरेका थिए ।  

कार्यक्रममा बोल्दै मन्त्री तामाङले पर्यटन क्षेत्रको विकासको लागि आवश्यक नीतिगत सुधारको लागि मन्त्रालय तयार रहेको बताउँदै बोर्डलाई प्रभावकारी ढंगले पर्यटन प्रवद्र्धनका कार्य गर्न आग्रह गरे । पर्यटन विकासका लागि अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रणनीति अनुुरुप क्रमशः काम गर्दै अघि बढ्ने उल्लेख गर्दै मन्त्री तामाङले मन्त्रालयले रचनात्मक कार्यका लागि सरोकारवालासबैसंग सहकार्य गररैे अघि बढ्ने बताए । ‘केही नीतिगत कुराहरु रहेका छन् त्यसलाई क्रमशः सुधार गर्दै लगिनेछ । रिक्त रहेका बोर्ड सदस्य नियुक्ति देखि कार्यकारी प्रमुखको छनोट लगायतका सबै काम प्रक्रियामा छन् । अब यी सबै काम छिट्टै टुङ्गिन्छन ।’ उनले भने ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा.दीपक काफ्लले बोर्डको विगत गौरवपूर्ण रहेको चर्चा गर्दै पर्यटन प्रर्वद्धनका लागि बोर्डलाई थप चलायमान बनाउनु आजको आवश्यक्ता रहेको बताए । उनले सबैले आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दा संस्थागत उद्देश्य तथा लक्ष्य हासिल गर्न सकिने बताए ।  

बोर्डका कार्यकारी सदस्य मदन आचार्यले पर्यटनमा निजी क्षेत्रको अर्बौ लगानी भइसकेको अवस्थामा निजी क्षेत्रमैत्री कानून र सोही अनुरुपको सहकार्य आवश्यक भएको बताए ।  

सो बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह एरले नेपालको पर्यटन विकासको लागि गठित बोर्डको अवधारणा, भइरहेका गतिविधी तथा भावी कार्यक्रमबारे जानकारी दिँदै विदेशका आयोजना गरिने कार्यक्रमका लाागि कार्यविधि नहँुदा ती कार्यक्रम प्रभावित भएको भन्दै सहजिकरण गरिदिन मन्त्री तथा सचिवसंग आग्रह गरे । कार्यक्रममा बोर्डका कर्मचारी युनियनको तर्फबाट धारणा राख्दै अधिकृत सुदन सुवेदीले बोर्ड सदस्य तथा कार्यकारी प्रमुखको नियुक्ति छिटो गर्न सके बोर्डका कार्यक्रम प्रभावकारी हुने बताउँदै    कर्मचारीका समस्या तथा नीतिगत विषयमा धारणा राखेका थिए ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.