शनिबार, आश्विन ५,२०८१ 11:08:45
IME remit
  • शनिबार, आश्विन ५,२०८१ 11:08:45
IME remit
Global IME Bank Limited

अप्रिलमा १.११ लाख पर्यटक नेपाल भित्रिए, चार महिनामा कुल ४.१६ लाखको आगमन

Hyundai Nepal
अप्रिलमा १.११ लाख पर्यटक नेपाल भित्रिए, चार महिनामा कुल ४.१६ लाखको आगमन
Nabil Bank Limited

काठमाण्डौ । नेपालमा अप्रिल महिनामा १ लाख बढी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार अप्रिल महिना १ लाख ११ हजार ३७३ जना पर्यटक नेपाल भित्रिएका हुन् । यो संख्या गत वर्षको अप्रिल महिनाको तुलनामा धेरै हो ।  

गत वर्षको अप्रिल महिनामा ९८ हजार ७७३ जना पर्यटक नेपाल आएका थिए । गत मार्च महिनामा भने १ लाख २८ हजार १६७ पर्यटक नेपाल आएका थिए ।  

यस्तै फेब्रुअरी महिना ९७ हजार ४२६ र जनवरी महिनामा ७९ हजार १ सय जना पर्यटक नेपाल भित्रिएका थिए । यसरी यो वर्ष ४ महिनामा ४ लाख १६ हजार ६६ पर्यटक नेपाल भित्रिएका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

अप्रिल महिनामा भारतबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् । भारतबाट एक महिनाको अवधिमा ३० हजार १५८ पर्यटक नेपाल आएका छन् । दोस्रो स्थानमा चीनबाट ९ हजार ७४० पर्यटक नेपाल आएका छन् ।  

त्यस्तै अमेरिकाबाट ९ हजार ३९९ र बेलायतबाट ५ हजार ३९१ पर्यटक नेपाल आएका छन् ।  

चार महिनाको अवधिमा भारतबाट कुल १ लाख १० हजार ५७३,चीनबाट ३८ हजार २९० र अमेरिकाबाट ३६ हजार ४८६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यसरी चार महिनाको अवधिमा नेपालमा औषत १ लाख ४ हजार १६ पर्यटक नेपाल आएका छन् ।  

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.