बुधबार, भाद्र २५,२०८२ 09:59:33
  • बुधबार, भाद्र २५,२०८२ 09:59:33
Global IME Bank Limited

बेलायतमा कञ्‍चनजंघा आरोहणको स्मरण, दीगो पर्यटनको प्रतिबद्धता

Hyundai Nepal
बेलायतमा कञ्‍चनजंघा आरोहणको स्मरण, दीगो पर्यटनको प्रतिबद्धता

काठमाण्डौ। संयुक्त अधिराज्य बेलायतको राजधानी लन्डनमा कञ्‍चनजंघा आरोहणको स्मरण गरिएको छ । नेपाल पर्यटन बोर्डले कञ्‍चनजंघा आरोहणको ७० वर्ष पूरा भएको अवसरमा लन्डनमा आयोजना कार्यक्रममा कञ्‍चनजंघा आरोहीमार्फत् आरोहणको स्मरण गरिएको हो ।

लन्डनको रोयल जियोग्राफिकल सोसाइटीको सभाहलमा संयुक्त अधिराज्य बेलायतको पर्वतारोहण टोलीले सन् १९५५ मा पहिलो पटक विश्‍वको तेस्रो ठूलो हिमाल आरोहण गरेको अवसरमा आयोजित कार्यक्रममा कञ्‍चनजंघा आरोहण गरेका व्यक्तिहरुको सपना, संघर्ष र अनुभव सुनाएका हुन् । जसमा नेपालका प्रसिद्ध पर्वतारोही मिङ्‌मा डेभिड शेर्पाले आफ्नो शिखर यात्राको कथा सुनाउँदा सभाहल तालीले गुञ्‍जयमान भएको थियो ।

उनले विश्व समुदायलाई हिमाली पारिस्थितिक प्रणालीको सम्मान गर्न, जलवायु परिवर्तनले हिमालमा पारिरहेको असरलाई न्युनिकरण गर्ने उपायहरु अवलम्बन गर्न र दिगो भविष्य निर्माणका लागि एकजुट हुन आग्रहसमेत गरेका छन् । कार्यक्रममा पर्यटन प्रबर्द्धनमा प्रमुख भूमिका खेलिरहेका कञ्चनजङ्घा क्षेत्रको स्थानीय समुदायको योगदानलाई पनि विशेष रूपमा उजागर गरिएको थियो ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कार्यक्रममा एडिनबरा ड्युक, राजकुमार एडवर्डको समेत उपस्थिति रहेको थियो । उनको उपस्थितिले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धको गहिराई राज्य तहमा मात्र होइन, जनस्तरसम्म पुग्ने मित्रताको प्रतिकको रुपमा अर्थ्याइएको छ । सोही अवसरमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक राज जोशीले कञ्‍चनजंघा एउटा हिमाल मात्र नभएर जीवित सम्पदा भएको उल्लेख गरेका छन् । उनले भने, ‘कञ्चनजङ्घा हिमाल मात्र होइन, यो एक जीवित सम्पदा हो, जसले समुदायहरूलाई जोड्छ, साहसिक यात्रुहरूलाई प्रेरणा दिन्छ, र प्रकृति संरक्षणप्रति हाम्रो साझा उत्तरदायित्व सम्झाउँछ ।’

सीईओ जोशीले यस्ता कार्यक्रमहरूले नेपाल–बेलायत मित्रतालाई अझ सुदृढ बनाउने र दिगो, समावेशी हिमाली पर्यटनको परिकल्पनालाई थप सशक्त बनाउने विश्‍वास व्यक्त गरेका छन् । यससँगै सीईओ जोशीले विश्व मञ्चमा नेपालको हिमाली सम्पदाको प्रवर्द्धन गर्न, साथै प्रकृति र स्थानीय समुदाय दुवैलाई लाभ

पुग्ने उत्तरदायी पर्यटनको पक्षमा निरन्तर आवाज उठाउने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा बेलायतस्थित नेपाली राजदूतावास, नेपाल पर्यटन बोर्डका

प्रतिनिधिहरू, साथै बेलायत र नेपालका नेपाली समुदायका सदस्यहरूको सहभागिता थियो ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.