आईतवार, फाल्गुन ३,२०८२ 04:30:19
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 04:30:19
Bizshala
Global IME Bank Limited

पर्यटन बोर्डद्वारा सचिव मैनालीको स्वागत, नवनियुक्त बोर्ड सदस्यको शपथ

पर्यटन बोर्डद्वारा सचिव मैनालीको स्वागत, नवनियुक्त बोर्ड सदस्यको शपथ
Shivam Cement

काठमाण्डौ । नेपाल पर्यटन बोर्डमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको स्वागत गरिएको छ । स्वास्थ्य तथा

जनसंख्या मन्त्रालयबाट सरुवा भएर आएका सचिव मैनालीको मंगलबार बोर्डमा एक कार्यक्रम गरी स्वागत गरिएको हो ।

यसैबीच बोर्डका अध्यक्षसमेत रहेका सचिव मैनालीले नवनियुक्त सदस्यहरू नरेन्द्र देव भट्ट र कुमारमणि थपलियालाई पद तथा गोपनीयताको शपथ गराएका छन् । वरिष्ठ पर्यटन व्यवसायी तथा लग्जरी एड्भेन्चर पर्यटनका अगुवा भट्ट र नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेण्ट्स (नाट्टा) का अध्यक्ष थपलियाको

पर्यटन क्षेत्रमा नविन सोच, अनुभव र उर्जा थपिएको अपेक्षा गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० दीपकराज जोशीले बताएका छन् ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ९सीईओ० दीपकराज जोशीले बोर्डको हालका गतिविधि, बोर्डले अख्तियार गरेको रणनीति तथा आगामी योजना प्रस्तुत गर्दै,नयाँ नेतृत्वसँग सहकार्य गर्दै पर्यटन क्षेत्रको दिगो र समुन्नत विकासमा केन्द्रित हुने बताएका छन् ।

उनले भने, ‘सचिव मैनालीको मार्गदर्शन र दुई नव नियुक्त सदस्यहरूको विविध अनुभवले बोर्डलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारी निर्माणमा सशक्त बनाउने छ । हामी सहकार्यमा आधारित परिवर्तन ल्याउने योजनामा छौं ।’

कार्यक्रममा बोल्दै सचिव मैनालीले पर्यटन बोर्डका गतिविधिबारे प्रत्यक्ष जानकारी लिन पाउँदा खुसी लागेको बताए । उनले भने, ‘नेपालको समृद्धिको आधार पर्यटन हो । यसले रोजगारी सिर्जना गर्छ, आय आर्जन गर्छ, राष्ट्रिय पहिचान विश्वमा फैलाउँछ ।’

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

उनले आफू प्रशासनिक नेतृत्वकर्ता भएको उल्लेख गर्दै थपे, ‘मैले नीतिगत सहजीकरण गर्नेछु, समस्या समाधानमा साथ दिनेछु । हामी सधैंभरी यस्ता जिम्मेवारीमा रहिरहन सक्दैनौं, तर यस कार्यकालमा गरिने कामले भविष्यमा आत्मसन्तुष्टि मिलोस् र राष्ट्रको पर्यटनमा योगदान पुगोस् भन्ने मेरो चाहना हो ।’

सचिव मैनालीले बोर्डका सदस्यहरूको अनुभव र उर्जाको संयोजनबाट देखिने र महसुस हुने नतिजा दिन सकिने विश्वास व्यक्त गर्दै सहकार्यको प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा मन्त्रालयका सहसचिव इन्दु घिमिरे पदाधिकारी, पर्यटन बोर्डका सदस्य तथा कर्मचारीको सहभागिता रहेको थियो ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.